कास्की २ मा कांग्रेसका पौडेलको मनोनयन दर्ता

  • 2
    Shares
कास्की २ मा कांग्रेसका पौडेलको मनोनयन दर्ता

कास्की , २१ कात्तिक । कास्की क्षेत्र २ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले मनोनयन दर्ता गराएका छन्।

नेताहरु सहितको र्‍यालीले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो। पौडेलका लागि सोभियतबहादुर अधिकारी प्रस्तावक र देवराज चालिसे समर्थक रहेका छन्।पाैडेलकाे मनाेनयन दर्ता गर्न निर्वाचन कार्यालयमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहित कास्कीका नेता तथा कार्यकर्ताकाे ठूलाे संख्यामा उपस्थिति रहेको थियो।

भट्टराईको प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् । समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छन्। यो क्षेत्रमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।