दिल्लीको धुलोले तराई प्रदूषित

दिल्लीको धुलोले तराई प्रदूषित

काठमाडौं, २१ कात्तिक । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौंमा नभित्रिने महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ब्रुमरले दैनिक धुलो संकलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट ५ ब्रुमर परिचालन गरेको छ । याे खबर आजकाे राजधानी दैनिकबाट लिएका हाैं ।