काठमाडौं । तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ।
यस्तो भूकम्पले २२ हजारभन्दा वढी मानवीय क्षति हुने सरकारी अध्ययनको दावी रहेको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका) सँग मिलेर गरेको अध्ययनले मध्य नेपालको दक्षिणीभागलाई केन्द्रबिन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो। अाजकाे कारोबार दैनिकमा खबर छ ।
तीन वर्ष समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने अध्ययनले देखाएको हो।