महराकाे थुनछेक बहस आजपनि

महराकाे थुनछेक बहस आजपनि

काठमाडौँ, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज पनि जारी रहनेछ।

महराका कानुन ब्यवसायीले बहस गर्न बाँकी भएपछि हिजो काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले मुद्दा हेर्दाहेदैमा राखेको थियो।महराका तर्फबाट पूर्वमहान्यायाधीबक्ता रमण श्रेष्ठसहित ३२ बढी कानुन ब्यवसायीले आज बहस गर्दैछन्। आरोपितको बयान, उनका कानुन ब्यवसायी र सरकारी वकिलको बहस तथा प्राप्त प्रमाणका आधारमा अदालतले महरालाई साधारण तारेख वा धरौटी वा पूर्वपक्षका लागि कारागार पठाउने आदेश दिनेछ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्द गत बिहिबार जबरजस्ती करणी प्रयासमा साढे ७ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा गत असोज १९ गते काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए।