प्रदेश प्रमुखहरुलाई हटाएकोमा कांग्रेसको आपत्तीः ‘सरकारले राजनीतिकण गर्यो’

प्रदेश प्रमुखहरुलाई हटाएकोमा कांग्रेसको आपत्तीः ‘सरकारले राजनीतिकण गर्यो’

काठमाडौं, १७ असोज । सातै प्रदेश प्रमुखहरुको बर्खास्तगीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश प्रमुखहरु हटाएर सरकारले संवैधानिक पदहरुमा राजनीतिकण गर्न खोजेको टिप्पणी कांग्रेसले गरेको छ ।

करिब दुई वर्षअघि तीनै तहको निर्वाचन सम्पन्न भएपश्चात् तत्कालीन शेरबहादुर नेतृत्वको सरकारले सातै प्रदेशमा प्रमुखहरु नियुक्त गरेको थियो । तत्कालीन सरकारले गैरराजनीतिक तटस्थ व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाउँदै कांग्रेसले वर्तमान सरकारले ती पदलाई राजनीतिक भर्तिकेन्द्र बनाउन खोजेको आरोप लगाएको छ । ।

प्रदेश प्रमुख हटाएर सरकारले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललको आरोप छ । पौडेलले प्रदेश प्रमुख मनपरी ढंगले हटाउनु त्यसको प्रमाण भएको बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको प्रावधानअनुरुप नियुक्त प्रदेश प्रमुख हटाउने निर्णयलाई राजनीतिक पूर्वाग्रह भनेका छन् । बाटो बिराएर सरकार अनावश्यक र गैरसंविधानिक बाटोतर्फ अघि बढेको शर्माको टिप्प्णी छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशका प्रमुखको नियुक्ति गरेको थियो । जसअनुसार प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल नियुक्त भएक थिए ।

संविधानअनुसार नियुक्त भएका प्रदेश प्रमुखहरु विनाआरोप वा कसुर पदबाट हट्न नसक्ने दाबी कांग्रेसले गरेको छ । राष्ट्रपतिले प्रदेश प्रमुखलाई हटाउनुको कारण दिनुपर्ने कांग्रेसको माग छ ।

राष्ट्रपति कार्यालयले आइतबार मन्त्रिपरिषदको सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका घोषणा विज्ञप्तिमार्फत गरेको थियो ।

यस्ताे छ संवैधानिक प्रावधान :