चेपाङ जातीका सरोज प्रजा छमछमी-३ को विजेता

चेपाङ जातीका सरोज प्रजा छमछमी-३ को विजेता

काठमाडौ । आकर्षक नृत्यकला भएका हेटौडाको मनहरी ७ निबासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणमा प्रथम भएका छन् । कार्यक्रम नेपाल टेलिभिजनबाट राति बुधवार प्रसारण हुँदै आएको थियो । प्रजाले २ लाख ७४ हजार ७ सय ४४ भोट प्राप्त गरेर प्रथम स्थान हासिल गरेका हुन् । मोबाइल भोटिङमार्फत प्रतिस्पर्धीहरु छनौट हुँदै उत्कृष्ट एकमा पर्न सफल प्रजा सानैदेखि नृत्य कुशलता देखाउँदै आएका थिए । सरोज मनहरीका विभिन्न सार्बजनिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्दै आइरहेका छन् । उनले भारतीय च्यानलको डान्स शोहरुमा पनि यसअघि भाग लिएका थिए । मनहरीस्थित आस्था कला केन्द्रमा आबद्ध रही नृत्य गरिरहेका छन् ।