प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। बामगठबन्धनको सरकार बन्न लागेको केहि समय अघि प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनलाई निकै चासोका साथ लिइएको छ । सम्वोधनअघि भोलि मन्त्रीपरिषद्को बैठक समेत बस्दैछ ।
आज हुने भनिएको बैठक बस्न नसकेपछि बैठक भोलि बिहान नौ बजेका लागि सारिएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए।