राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा

राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा

– विशेष प्रतिनिधि श्याम रिमाल

ग्वाङ्झाउ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुग्नु भएको छ ।

उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, त्यहाँँस्थित नेपाली कार्यबाहक महावाणिज्यदूत कुञ्जन शाह तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहनुभएको छ ।