उपनिर्वाचनबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

उपनिर्वाचनबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ६ कात्तिक ।  आगामी मंसीर १४ गते हुने उपनिर्बाचनका बिषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ।

निर्बाचनमा पार्टीका तर्फबाट उम्मेद्वार हुनेहरुको नामका बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक डाकिएको हो।

कांग्रेसले उपनिर्बाचनमा आफ्ना तर्फबाट उम्मेद्वार तोक्नका लागि भोलि बिहीबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।