देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरु

देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरु

काठमाडौं, ५ कार्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक शुरु भएको छ।

बैठकमा भातृसंस्था, केन्द्रीय विभागसहितका विषयमा छलफल हुने बताइएको छ। बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधि र बिजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का लागयतका पदाधिकारीहरु उपस्थित भएका छन्।

सोमवार दिउँसो प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सभापति देउवाबीच बालुवाटारमा भएको कुराकानीका बारेमा सभापति देउवाले पदाधिकारीलाई जानकारी गराउने छन्। सोमबारको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल भएको थियो।

आजको पदाधिकारी बैठकमा नेबिसंघको तदर्थ समिति गठन तथा पार्टीका बिभिन्न बिभाग गठनका बिषयमा बिषयमा पनि छलफल बताइएको छ।