सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने

सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने

काठमाडौं, ४ कात्तिक । चर्चित नेपाली क्रिकेटर लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका छन्। इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो। विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन्।

सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए। उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्को गरेको थियो।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन्।