-श्याम गुप्ता
बारा, २ कार्तिक । बारामा बिगत केही दिन देखी फौजी किराले आतंक मच्चाएको छ । धानको खेतमा राती राती लाखौंको संख्यामा फौजी किराले वालीलाई सखाप पारिरहे पछि यहाँका किसान चिन्तित बनेका छन् ।
फौजी किराको प्रकोपका कारण जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा १५, १६, १७, १८ कलैया उपमहानगरपालिकाको वडा नम्बर २४, २६ र २७ कोल्वी नगरपालिका, फेंटा गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण तथा प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका , सिम्रौनगढ नगरपालिका लगायत जिल्ला भर धान उत्पादक किसानहरु अहिले चिन्तित बनेका हुँन् ।
जीतपुरसिमरा उपमहानगरपालिकामा करिब एक सय ३५ बिगाहा , कलैया उपमहानगरपालिकामा एक सय ४८ विगाहा सात कट्ठा र रामनगर, कोल्वी नगरपालिका, फेंटा गाउँपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिकामा गरी करिब चार सय बिगाहामा जग्गामा किसानहरुले लगाएको धान वालीमा फौजी किराले क्षति पुर्याएको छ ।
स्थानीय कृषक राधिका अधिकारीको तयारी अवस्थामा रहेको धानको बाला फौजी किराले काटेर नष्ट गरेको छ । उनको एक विगाहामा लगाईएको साह्रो धानमा यसरी किराले क्षति पुर्याएको उनले बताईन् ।
धान वाली सखाप हुँदा यहाँका किसानहरुमा पिडा माथीको पिडा थपिदिएको छ फौजी किराले । किसानहरु अत्याधिक पिड्ति बन्दै गएका छन् । मुरी भित्राउँने बेलामा यसरी फौजी किराले एक्कासी धान वाली सखाप पारे पछि किसानको लगानी समेत डुबेको छ ।
राधिकाको मात्रै होईन, अन्य कृषकहरुको पनि यस्तै बेहाल छ । सोही ठाउँकी कमला नेउपाने, सान्झा अधिकारी, रेश्मा अधिकारी, रोशन अधिकारीको समेत अवस्था त्यस्तै छ । किसानहरु पुर्पुरोमा हात लगाएर बसेका छन् ।
सरदर बारामा मात्रै ७० प्रतिशत किसानहरुको बालि नष्ट भएको किसानहरु बताउँ छन् । फौजी किराले अत्याधिक नोक्सान गरेको छ । धान भित्राउँने बेलामा फौजी किराले यसरी धान वाली नोक्सान गरिदिदा आधामा धान समेत काट्न ज्यामीहरु नमानिरहेको अवस्था रहेको कृषकहरु बताउँ छन् ।
दुखः गरेर लगाएको धान वाली फौजीकिराले नष्ट गरिरहेकोले किसानहरुले दुधे वाली समय नपुग्दै काटि रहेको स्थानीय कृषक कमला नेउपानेले बताईन् । आँपूmले किसानहरुलाई तयारी अवस्थामा रहेको धान तत्काल काटेर खेतमा नछोडी त्यसलाई सुरक्षित स्थानमा राखी तत्काल घर मंै भित्राउँन सुझाव समेत दिरहेको उनले बताईन् ।
फौजी किरालाई नियन्त्रणमा लिन चुनौतिपूर्ण रहेको सुनाउँदै यसबाट हँुने नोक्सानलाई बचाउँन प्रयास किसान आँपैmले गर्नु पर्ने बताईन् ।
भित्राइँने अवस्थाको रहेको धान वाली फौजी किराले किसानको भदैया धान नष्ट गरेकोले यहाँका किसानहरु इति खेर निकै चिन्तित छन् र त्यसको क्षतिपूर्ति राज्यले दिनु पर्ने किसानले माँग समेत गरेका छन् ।
अहिलेको यो प्रकोप आउँने पूर्व नैं सम्बन्धित निकायले समय मैं ध्यान दिएर किसानहरुलाई बेला बेलामा कृषि सम्बन्धि तालिम र शिप दिएको भए यो अवस्था आउँने थिएन् । कृषि पेशाले परिचित बारा जिल्लाका किसानहरुलाई अबको समयमा सम्बधित निकायले समय समयमा बिभिन्न तालिम, सल्लाह, सुझाव दिन नितान्त आवश्यक छ ।