समानुपातिकमा दोहोरिने कांग्रेसका १७ भाग्यमानी (हेर्नुहाेस् काे-काे हुन्)

समानुपातिकमा दोहोरिने कांग्रेसका १७ भाग्यमानी (हेर्नुहाेस् काे-काे हुन्)

काठमाडौं । नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ।

पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री सुजाता कोइराला बाहेक अन्यलाई नदोहोर्‍याउने निर्णय गरेपनि कांग्रेसले १० नेताको नाम दोहोर्‍याएको हो।

कांग्रेसले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम सूचीमा सुजाता कोइराला, चित्रलेखा यादव, मानबहादुर विक, मीन विक, मीनाक्षी झा, दीपशीखा शर्मा, महेन्द्रकुमारी लिम्बु, मीना सुब्बा, उमेश श्रेष्ठ र सुजाता परियार निर्वतमान सांसद् हुन।

समानुपातिक सूचीबाटै २०६४ मा सांसद् बनेका जिपछिरिङ लामा, हीरा गुरुङ, मीना पाण्डे, उमा रेग्मी, लक्ष्मी परियार र विमला नेपाली फेरि सोही कोटाबाट सांसद् बनाउन कांग्रेसले सिफारीस गरेको छ।

दोस्रो संविधानसभामा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित सीतादेवी यादव, बालकृष्ण खाँण, बहादुरसिंह लामा, पार्वती डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानकुमारी छन्त्याललाई यस पटक कांग्रेसले समानुपातिकबाट सांसद् बनाउनका लागि सिफारीस गरेको हो।

दोस्रो संविधानसभाको प्रत्यक्षतर्फ पराजीत पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूसहितलाई कांग्रेसले यस पटक समानुपातिकतर्फको अन्तिम सूचीमा समेटेको छ ।  अाजकाे नागरिक दैनिकमा खबर छ ।

किशोरसिंह राठौर, डिला संग्रौला, सर्वत आरा खान, प्रकाश रसाइलीसहितका कांग्रेस नेताहरु पहिलो पटक अन्तिम सूचीमा अटेका हुन। प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट जितेको छ।