एनआरएनएकाे नयाँ नेतृत्वका लागि मतदान सुरु

एनआरएनएकाे नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएकाे छ। बिहीबार बिहान सवा १० बजेबाट मतदान सुरु भएको हो।

यसअघि, मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि बुधबार साँझका लागि निर्धारित मतदान अन्तिम समयमा स्थगित भएको थियो। अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्।

लोकतान्त्रिक समावेशी प्यानल बनाएका आचार्यको टिमबाट अमेरिकाका डा. केशव पौडेल, अस्ट्रेलियाका मन केसी, अमेरिकाकी रविना थापा र मध्यपूर्वबाट नरेन्द्र भाटले उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

यसैगरी, बेल्जियमकी जानकी गुरुङले महासचिवमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। अध्यक्षका उम्मेदवार पन्तले उपाध्यक्षमा अमेरिकाका सोनाम शेर्पा, अस्ट्रेलियाका धर्मराज अधिकारी, रुसकी सपिलाराज भण्डारी, अर्जुनकुमार श्रेष्ठ र रुसकै बद्री केसीलाई अघि सारेका छन्। पन्तले महासचिवमा बेलायतका डा. हेमराज शर्मालाई अघि सारेका छन्।