

काठमाडौं, २८ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारकाे अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश दीपककुमार दाहालको इजलासले उक्त आदेश दिएको हो। सरकारी वकीलको मागबमोजिम दिइएको उक्त आदेशअनुसार उनलाई अरु तीन दिन थुनामै राखिने छ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक निर्णय गर्नेछ ।
प्रहरीले महरालाई असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको थियो ।।दसैं बिदा परेकोले आज मात्र उनलाई अदालत उपस्थित गराइएको हो।यो तीन दिनमा पनि बयान नसकिए फेरि म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइने छ।महरा यस अघि दस दिन हिरासतमा बसिसकेका छन्।