काठमाडौँ, २७ असाेज । । राष्ट्रपति बिद्यादेवी भण्डारी बुधबार म्यान्मारको पाँच दिने औपचारिक भ्रमण गर्ने भएकी छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले यहि असोज २९ देखि कार्तिक ३ गतेसम्म म्यान्मारको औपचारिक भ्रमण गर्ने जानकारी दिएको छ ।म्यान्मारको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति यु विन मिन्ट, स्टेट काउन्सलर आङ साङ सुकीसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै स्टेट काउन्सलर सुकीले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने भएकी छन् । साथै म्यान्मारका राष्ट्रपति यु विनले भण्डारीको सम्मानमा राजकीय भोजको आयोजना गर्ने परराष्ट्रले जानकारी दिएको छ ।
साथै राष्ट्रपति भण्डारीले आफ्नो भ्रमणका क्रममा म्यान्मारको पिन ओ लीनमा नेपाली मुलका स्थानीयसँग भेट गर्ने र युनेस्कोको विश्व सम्पदा सुची बगानको समेत भ्रमण गर्ने कार्यसूची रहेको छ ।