

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङकाे नेपालको राजकिय भ्रमणकाक्रममा आयाेजना हुने रात्रीभोजमा सहभागी हुने नेपाली अतिथिहरु कडा अनुशासनमा रहनुपर्ने छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज साँझ ७ बजे सोल्टी होटलमा रात्रीभोज आयोजना गर्नुभएकाे छ । भोजमा सरिक हुने नेपाली पाहुनाका लागि परराष्ट्र मन्त्रालयले ड्रेसकोड पनि बनाएको छ ।

– पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना बाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।
–सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।
– सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।
– मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।
– प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।
– सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।
– पाहुनालाई प्राथमिकता दिनु पर्ने ।