टी–ट्वान्टी सिरिज:ओमानसँग नेपाल ६ विकेटले पराजित

टी–ट्वान्टी सिरिज:ओमानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा आज उपाधि ओमानले जितेको छ । आज सम्पन्न खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गर्दै ओमानले सबै खेल जितेर सिरिजमा कब्जा गरेको हो ।

नेपालले दिएको ६५ रनको लक्ष्य पछाएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।ओमानका सुरज कुमारले अविजित ४२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल ११ ओभरमा ६४ रन बनाएर अल आउट भएको छ । नेपालका लागि आरिफ सेखले २० रन बनाए । त्यस्तै दिपेन्द्र ऐरीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका बलर आमिर कलीमले ५ विकेट लिए । आमिरले ४ ओभरमा १५ रन दिएर ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए भने मोहमद नदीम र खवर अलीले एक एक विकेट लिए ।

ओमानले ४ खेलमा सबै खेल जितेर सिरिज जितेको छ भने आयरल्याण्डले ४ खेलमा ३ खेल जितेर दोस्रो भएको छ भने नेपाल ४ खेलमा २ खेल जितेर ४ अंकसहित तेस्रो भएको छ ।