टीकाको साइत आज कुन देशमा कति बजे ? (हेर्नुहाेस्)

टीकाको साइत आज कुन देशमा कति बजे ? (हेर्नुहाेस्)

काठमाडाैं, २१ असाेज । नेपालमा दशैंकाे टीकाकाे साइत १०ः३५ बजे उत्म रहेकाे छ। तर विभिन्न देशमा बस्नेहरुले टीका लगाउने साइत भने फरक फरक रहेकाे छ। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बस्ने नेपालीहरुका लागि बडादसैंको टीकाको साइत असाेज ६ गते सार्वजनिक गरेको थियाे ।

जसअनुसार नेपालमा ८ अक्टोबर (२१ असोज) मा बिहान १०.३५ बजे टीकाको उत्तम साइत मानिएको छ। यस्तै, २१ असोजकै दिन भारतमा बिहान १०.१९ बजे, जापानमा बिहान ९.५१ बजे, सिड्नी अस्ट्रेलियामा बिहान ८.०५ बजे, मेलबर्न अस्ट्रेलियामा बिहान ८.२१ बजे र ब्रिसब्रेन अस्ट्रेलियामा बिहान ९.०० बजे का लागि टीकाको साइत तोकिएको छ।

अमेरिका, बेलायत र क्यानडामा भने अघिल्लै दिन अर्थात् २० असोजमै टीकाको साइत रहेको समितिले जनाएको छ। जसअनुसार न्युयोर्क अमेरिकामा ७ अक्टोबर (२० असोज) का दिन बिहान ११.२१ बजे, केन्टुकी अमेरिकामा ७ अक्टोबरका दिन बिहान ११.५५ बजे, टेक्सास अमेरिकामा ७ अक्टोबरमा बिहान ११.२७ बजे, क्यालिफोर्नियामा सोही दिन बिहान ११.०५ बजे, लण्डन बेलायतमा ७ अक्टोबरका दिन बिहान ११.५१ बजे र टोरन्टो क्यानडामा सोही दिन बिहान ९.५१ बजेका लागि टीकाको साइत तोकिएको समितिका अध्यक्ष डा माधव भट्टराई तथा सदस्य सचिव सन्तोष वासिस्ठले जनाएका छन्।