कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाडौं, १९ असोज । जिल्ला अदालत काठमाडौंले संघिय संसद् प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।