

काठमाडाैं, १८ असाेज । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि ‘बलात्कार’ गरेको आरोपमा मुछिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ ।
जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित रोशनी शाहीले महानगरीय प्रहरी कार्यालय, बानेश्वरमा किटानी जोहरी दिएकी छिन । यससंगै अब महरालाई प्रहरीले पक्राउ गर्न सक्नेछन् ।यसअघि, प्रहरीले पीडित महिलाले जाहेरी दिना साथ पक्राउ गर्ने जनाएको थियो ।संघीय संसद् सचिवालयमा कार्यरत नर्स शाहीले महरा गत असोज १२ गते आइतबार राति आफ्नो कोठामा मदिरा सेवन गरेर आएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले ‘प्रहरी बोलाउँछु’ भनेपछि महरा कोठाबाट निस्केको बताएकी छन्।
महिलाले फोन गर्ने वित्तिकै प्रहरी टोली सोहि राति नै उनको कोठामा पुगेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताएका थिए । सुवेदीले लिखित जाहेरी पर्ना साथ अनुसन्धानका लागि प्रक्रिया सुरु गर्ने पनि बताएका थिए।बलात्कार आरोप लागेपछि महराले घटनाको भोलिपल्ट सोमबार उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा दिएका हुन्।
महराले सभामुखबाट राजीनामा दिएपनि संघीय संसद्को सदस्यबाट भने राजीनामा दिएका छैनन्। किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाइने छ। अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको छ