भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ:पूर्वप्रधानमन्त्री चन्द

भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ:पूर्वप्रधानमन्त्री चन्द

काठमाडाैं, १५ असाेज । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताएका छन् ।

‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा बुधबार काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गरे ।“अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार”, पूर्वप्रधानमन्त्री चन्दले भने ।

उनले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिए । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उनले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताए ।

कार्यक्रममा मिसन नेपालका अध्यक्ष केपी शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको बताए ।सो क्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो ।रासस