सभामुख महराको राजीनामा अपूरो : नेपाली कांग्रेस

सभामुख महराको राजीनामा अपूरो : नेपाली कांग्रेस

काठमाडौँ,१४ असोज ।  बलात्कारको आरोप लागेपछि राजीनामा दिएका संघीय संसदका सभामुख कृष्णबहादुर महराको राजीनामा अपूरो रहेको प्रतिपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ ।

सभामुखको राजीनामा कार्यवाहक दिए जस्तो कांग्रेसको टिप्पणी छ । पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख महराबाट दिएको राजीनामा अपूरो भएको बताए । उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै शर्मले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यवाहक ?’ उनले प्रस्ट राजीनामा आउनुपर्ने पनि बताए ।

उनले छानबिनका लागि १ वर्ष लागे संसद कार्यवाहकले नै चलाउने हो भन्दै प्रश्न पनि गरे । महरामाथि लागेको यौन दुर्व्यहारको आरोप सामान्य नागरिकसरह छानबिन हुनुपर्ने प्रवक्ता शर्माले बताए ।