नेपाली काँग्रेसको चियापान असोज २६ गते

नेपाली काँग्रेसको चियापान असोज २६ गते

काठमाडौँ,१४ असोज । नेपाली काँग्रेसले दशै, तिहार र नेपाल सम्वतका अवसरमा यहि असोज २६ गते चियापान गर्ने भएको छ ।

काँग्रेसले आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, सानेपामा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्ने भएको हो ।०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गर्नु भएको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदान कार्यक्रमलाई काँग्रेसले हरेक बर्ष निरन्तरता दिदै आएको छ ।

विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुने काँग्रेसले जनाएको छ ।