कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ, १० असोज ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्दै छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।पछिल्लो समयमा नेकपा र चिनियाँ कम्यिुनिष्ट पार्टीको संयुक्त कार्यक्रम काठमाडौंमा भएपछि आक्रोशित भएको कांग्रेसले त्यस विषयमा पनि धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। यसैगरी हालै सम्पन्न दोस्रो चरणको जागरण अभियान सम्पन्न गरेको कांग्रेसले त्यसको समिक्षा गर्ने छ।

यस्तै मंसिरमा हुने उप निर्वाचनका लागि पनि तयारी शुरु गर्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने बुझिभएको छ। त्यसैगरी भ्रातृ सस्था नेपाल तरुणदलमा अध्यक्ष र महासचिवका बीचमा देखिएको असमझदारी हल गर्नका लागि पार्टीले पहल गर्ने विषयमा पनि छलफल हुने छ।