५१ वर्षपछि महाशिवरात्रीमा विशेष शुुभ संयोग : यी २ राशीका लागि अत्यन्तै शुुभ

५१ वर्षपछि महाशिवरात्रीमा विशेष शुुभ संयोग : यी २ राशीका लागि अत्यन्तै शुुभ

महाशिवरात्री पर्व भगवान् शिवको आराधनाका लागि महत्वपूर्ण हुन्छ । शिवभक्तहरु यो क्षणको पर्खाईमा वर्ष दिनभरि नै रहने गर्छन् ।

यस्तो मान्यता छ कि यो दिन भगवान शिवको विवाह माता पार्वतीसँग हुन्छ । यसपटकको शिवरात्रीमा ५१ वर्षपछि विशेष संयोग बन्न पुुगेको छ । महाशिवरात्री पर्व फागुन महिनाको चर्तुर्दशीका दिन मनाइन्छ ।

यसपटक यो पर्व फागुन १ र २ गते मनाइने भएको छ । महाशिवरात्रीको पूजाको मुहूर्त फागुन १ गते रात्रि सवा १० बजेदेखि २ गतेसम्म रहने भएको हो ।

यो ५१ वर्षमा पहिलोपटक यस्तो संयोग बनेको छ कि शिवरात्रि मंगलबार परेको छ । मंगलबार पर्ने महाशिवरात्रि पर्व अत्यन्तै शुुभ हुन्छ किनभने मंगलबार हनुमानजीको वार हुन्छ । भगवान् शिव र हनुमानजीलाई एउटै रुप मानिन्छ ।

ज्योतिषका अनुसार यो संयोले २ राशिहरुलाई अत्यन्तै फाइदा मिल्ने भएको छ ।

मेष – यो संयोगको शुुभ असर मेष राशिका मानिसहरुलाई सबैभन्दा बढी देखिनेछ । कैयौं राम्रा अवसरहरुको प्राप्ति, प्रतिष्ठा वृद्धि, धनको समस्या समाधान तथा सम्पूर्ण कामहरु सजिलै पूरा हुने योग यो राशिवालाहरुलाई परेकोा छ ।

मीन – मीन राशिका लागि व्यापार र जागिरमा सफलता, सबै क्षेत्रबाट सकारात्मक परिणामको प्राप्ति, बेरोजगाररका लागि नयाँ जागिरको प्राप्ति, कानुनी विवादको समाधान हुनेछ । आयमा वृद्धि हुनुका साथै पुराना समस्याबाट छुटकारा पाइनेछ ।