मासिक राशिफल २०७४ फाल्गुन महिना (हेर्नुहाेस् तपाईकाे भाग्य)

मासिक राशिफल २०७४ फाल्गुन महिना (हेर्नुहाेस् तपाईकाे भाग्य)

मेष राशिः मेष राशिका लागि यो महिना लाभदायी रहनेछ । कार्यमा प्रगति हुनुका साथै आर्थिक उन्नति पनि हुने देखिन्छ । भूधनबाट विशेष लाभ रहनेछ । सोचका काम पूरा हुनुका साथै नयाँ कार्यको थालनी हुनेछ । प्रेम जीवन सफल र सुखद् रहने छ । अध्ययनको क्षेत्र मध्ययम फलदायी रहने छ । व्यापार वाणिज्यका क्षेत्रमा उल्लेख्य प्रगति हुने छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित रहने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि यो महिना अर्थकरी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । सोचेका काम पूरा हुनेछन् । सामाजिक मान प्रतिष्ठा प्राप्तिका साथै कार्यक्षेत्रबाट पनि लाभ हुने छ । मित्र सहयोग प्राप्त हुनेछ । धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसाय मध्यम फलदायी देखिन्छ । शत्रु क्षेत्र सबल रहने देखिन्छ । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । पारिवारिक साथ सहयोगले महिना सुखद् रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि महिना मध्यम फलदायी रहनेछ । मित्र सहयोग प्राप्त हुनेछ । कला साहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सुखद् यात्राका अवसर पनि मिल्नेछन् । कार्यमा पनि उन्नति हुने देखिन्छ । बोलीको विशेष प्रभाव रहनेछ । कार्यमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहने छ । शत्रु पक्षभने सबल रहनेछन् । स्वास्थ्यमा पनि केही प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना संघर्षमयी रहने छ । आर्थिक पक्ष सबल रहे पनि शत्रु सबल रहने छन् । अय व्ययमा बराबरी रहने देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्वजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । अध्ययनको क्षेत्र मध्यम छ । प्रेम जीवन सखुद् रहनेछ । कार्यमा उन्नति हुनेछ । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना अर्थकरी रहनेछ । यात्राका विशेष योग देखिन्छन् । व्यवसायबाट विशेष लाभ हुनेछ । स्थान नाशका योग देखिन्छन् । पराक्रम बढ्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । मित्र जनबाट सजग रहनु नै उचित हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्य प्राप्तिको योग देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो महिना उत्तम फलदायी रहनेछ । कर्मक्षेत्र बलवान् देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्य क्षेत्रमा पनि उल्लेख्य प्रगति हुनेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । धार्मिक सामिाजिक कार्यमा रुचि जाग्नुका साथै सामाजिक पद प्रतिष्ठा मिल्ने योग देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै कार्यमा पनि प्रगति हुदै जानेछ । आर्थिक लाभको योग देखिन्छन् । शत्रुपक्ष सबल रहने भएकाले कार्यमा केही कठिनाइ रहने देखिन्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य प्रगति हुने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उत्तम हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै पारिवारिक सुखम मिल्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना लाभदायी रहनेछ । कार्यमा उन्नति हुनुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । पराक्रम बढ्नुकका साथै आर्थिक उन्नति हुने देखिन्छ । विद्या प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । शत्रु पक्ष सबल रहने छन् । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अपचलन पनि भइरहने देखिन्छ । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ । कृषिकर्मबाट विशेष लाभ हुने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो महिना लाभदायी रहनेछ । कार्यप्राप्तिको योग देखिन्छ । आयमा वृद्धि हुनेछ । मित्र सुखका साथै कार्यमा पनि प्रगति हुने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ । सुखद् यात्राका अवसर मिल्ने छन् । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । प्रेम जीवन सुखद् देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ ।

मकर राशिः मकर राशिका लागि महिना मध्यम फलदायी रहनेछ । कलाका क्षेत्रमा विशेष रुचि रहने छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । शत्रु पराजित हुने छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । धार्मिक क्षेत्रमा रुचि जाग्नुका साथै मित्र लाभको योग पनि देखिन्छ । आमदानीका स्रोत बढ्नेछन् ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना यात्रामयी हुने छ । विशेष यात्राका योग छन् । आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्रोत पनि बढ्ने देखिन्छ । शत्रु पराजित हुने छन् । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति पनि हुने देखिन्छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ देखिन्छ । स्वास्थ्य क्षेत्र सबल देखिन्छ । कार्य क्षेत्रमा पनि प्रगति नै देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो महिना अर्थकरी रहनेछ । शत्रु निर्वल रहने छन् । कान्ति वृद्धि हुनेछ । मित्रजनको साथ सहयोग मिल्नुका साथै भू–धनबाट पनि विशेष लाभ रहनेछ । वाणिज्यको क्षेत्र विशेष लाभदायी रहनेछ । कार्यमा प्रगति हुनुका साथै नयाँ कार्य गर्ने ऊर्जा प्राप्त हुनेछ । स्वास्थ्मा केही प्रतिकूलता रहन सक्नेछ । आमदानीका स्रोत बढ्नेछन् । पारिवारिक सुख मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ ।