जिल्लामा खाद्यान्न हाहाकार भएपछि खाद्य संस्थानद्वारा खाद्यान्न वितरण

जिल्लामा खाद्यान्न हाहाकार भएपछि खाद्य संस्थानद्वारा खाद्यान्न वितरण

हुम्ला, ७ असोज । जिल्लामा खाद्यान्न हाहाकार भएपछि नेपाल खाद्य संस्थान हुम्लाले दशँैतिहारका लागि खाद्यान्न वितरण गरेको छ ।

संस्थान शाखा प्रमुख रामबहादुर विष्टले पाँच केजीका दरले गरीब जनतालाई चामल वितरण गरिएको जानकारी दिनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जिल्लाका कर्मचारीलाई पनि एक दुई दिनभित्रै १५ केजीका दरले खाद्यान्न वितरण गरिने छ ।