सुन चाँदीको आजको मूल्य हेर्नुहाेस्

सुन चाँदीको आजको मूल्य हेर्नुहाेस्

काठमाडौं, ६ असोज । दशैं तिहार नजिकिएसँगै सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम जारी छ । आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि हिजो र आज प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ । यता सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी हिजो ८ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भए पनि आज भने १० रुपैयाँले बढ्दै ८ सय ७५ रुपैयाँ प्रतितोला पुगेको छ ।