उपनिर्वाचन नलड्ने बामदेवको घोषणा, ‘कास्की २ बाट निर्वाचनमा उठ्नु भनेको म फेरि पराजित हुनु हो’

उपनिर्वाचन नलड्ने बामदेवको घोषणा, ‘कास्की २ बाट निर्वाचनमा उठ्नु भनेको म फेरि पराजित हुनु हो’

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्याक्ष वामदेव गौतमले कास्की जिल्लामा रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उमेद्वारी नदिने जानकारी गराएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकमा गौतमले आफू चुनावमा नउठ्ने बताएका हुन्।

बैठकपछि गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’आज (शनिबार) बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु। मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नु हुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु।’

उले थपेका छन्, ’यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ मा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको भन्दा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनु पर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’ उनले आफूभन्दा अरु कोही स्थानीय कमरेड उठ्दा सहजै विजय प्राप्त गर्न सक्ने विश्वास गरेका छन्।


-मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।

-वामदेव गौतम-

४ आश्विन २०७६