मोरङ, २६ भदौ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । रासस