अचम्म ! सिरहामा बिहे गरेको ५ घण्टा नबित्दै बेहुलीले बच्चा जन्माइन्

अचम्म ! सिरहामा बिहे गरेको ५ घण्टा नबित्दै बेहुलीले बच्चा जन्माइन्

सिरहा माघ २७ । सिरहाको दक्षिणवर्ती सुखीपुर नगरपालिका ४ पोखरीया गाउँका राजकुमार मोचीको शुक्रबार नै साइत जुर्‍यो। विवाहका लागि आफन्तजन, पाहुना, निम्तालु र जन्ति लिएर छिमेकी गाउँ पुगे। सामाजिक परम्पराअनुसार विवाह सम्पन्न भयो। बेहुली लिएर शुक्रबार साँझ ६ घर फर्किए।

यता, विवाहको रौनक थियो। बेहुलीको मुख हेर्नेको भिड थियो। बेहुलीका बारेमा टीकाटिप्पणी भए। शुभकामना दिनेको उपस्थिति पनि त्यतिकै बढ्यो। विवाहको दिनको तामझाम अर्कै थियो। रंगीन वातावरण देखिन्थ्यो त्यहाँ।

बेहुली लिएर जन्तीसँगै २१ वर्षीय बेहुला उमेशकुमार राम पनि खुशी देखिन्थे। बेहुली ल्याएपछि जातीय परम्परा अनुसार भित्र्याउने तयारी गरिरहेकै बेला १९ वर्षीया बेहुली शोभाकुमारी रामले ‘पेट दुख्यो’ भन्न भनिन्। विवाहमा जम्मा भएका निम्तालु र छिमेकी महिलाहरूले बेहुलीलाई हेर्नथाले। औषधि मूलो गर्न थालेँ।

घर ल्याएको एक घण्टा पनि नबित्दै बेहुलीले छोरा जन्माएपछि मोचीको घरमा जम्मा भएका निम्तालु, छिमेकी र आफन्त, बेहुलीसँग साथी आएकाहरु पनि छक्क परे। प्रत्यक्षदर्शी स्थानीय गाउँलेले सुनाए ‘छिमेकी, विवाहका निम्तालुहरुको सल्लाह अनुसार बेहुलीलाई तत्काल माइती घर पठाइयो।’
माइती पक्ष अन्योलमा
छोरी अन्माएर पठाएको ५ घण्टा पनि नबित्दै नाबालक शिशुसहित फिर्ता भएपछि सिरहाको बरियारपट्टि गाउँपालिका ३ शिवनगरका रामबली राम अन्योलमा परेका छन्। छोरीको विवाहमा आएका निम्तालुहरू आ–आफ्नो घर नफर्किंदै छोरी नाबालक शिशुसहित फिर्ता आएपछि उनलाई थप सङ्ट परेको छ। दुवै पक्षको बीच पटक पटक आवतजावत र कुराकानीपछि माघ २५ गते सामाजिक परम्परा अनुसार विवाह गरिएकी छोरी आफ्नो घर नभित्रिंदै सुत्केरी भएपछि उनलाई अप्ठ्यारो परेको गाउँलेहरु बताउँछन्। भारतको दिल्लीमा काम गर्दै आएका बेहुला उमेश चार महिनाअघि मात्र घर फर्किएका थिए।
प्रेमीको गर्भ रहेको आशंका
मागी विवाह गर्नु अगावै शोभाको छिमेकी बहादुर रामका छोरा शैलेन्द्र रामसँग प्रेम सम्बन्ध रहेकाले उनकै गर्भ रहेको आशङ्का गरिएको छ। शैलेन्द्र करिब चार महिना अघि नै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार गएको बताइएको छ। इलाका प्रहरी कार्यालय बरियारपट्टिका निमित्त प्रमुख प्रहरी हबल्दार रामचन्द्र यादवले दुव पक्षबाट कुनै पनि उजुरी नआएको बताए। यद्यपि घटनाको विषयमा सोधखोज भइरहेको यादवले उल्लेख गरे। प्रदेशी न्यूज अनलाइनमा खबर छ ।