त्रिशुलीमा गाडी खसेर सिंचाइ सचिव यादवको मृत्यु

त्रिशुलीमा गाडी खसेर सिंचाइ सचिव यादवको मृत्यु

काठमाडौं । धादिङको सलाङबाट त्रिशुलीमा गाडी खस्दा सिंचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । सचिव यादव चढेको बा २ झ ३१४० नम्बरको गाडी आज बिहान ३ बजेतिरतिर त्रिशुलीमा खसेको थियो । सचिव यावदको शव फेला परेको मुग्लिङ प्रहरीले जनाएको छ ।

गाडी त्रिशुलीमा खस्दा बेपत्ता भएका यादवका २२ वर्षे छोरा सन्तोष र साथीकी १५ वर्षीया  छोरी उन्नती गुप्ताको भने खोजी इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिएका छन् ।

गाडी भने फेला परेको छ । दुर्घटनामा घाइते भएका गाडी चालक निराजन यादवलाई ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । सचिव यादव कपिलवस्तुको घरबाट काठमाडौं आउँदै थिए । प्रहरी, सेना, स्थानीय र गोताखोर प्रयोग गरिएको छ। नदीमा बेपत्ता भएकाले जीवित्तै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ। चालक निदाएका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।