प्रधानमन्त्रीले तीस मेगावाटको चमेलिया आयोजना उद्घाटन गरेसंगै शुरु भयाे उत्पादन

प्रधानमन्त्रीले तीस मेगावाटको चमेलिया आयोजना उद्घाटन गरेसंगै शुरु भयाे उत्पादन

दार्चुला, ७ माघ । चमेलिया जलविद्युत् आयोजनाले अाजदेखि अाैपचारिक उत्पादन शुरु गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार आयोजना स्थलमर् पुगेर उद्घाटन गर्नुभएसंगै उत्पादन शुरु भएकाे हाे ।

योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् ।

पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो ।

चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो ।

आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ । त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ ।
त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ ।

पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिएको छ ।

६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो । त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो ।

तर, संसदको सार्बजनिक लेखा समितिले भेरियसनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दियो । यो कुरा थाहा पाएपछि चिनियाँ ठेकेदारले रकम नपाए काम नगर्ने भन्दै काम रोकेका थिए ।
सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट फेरि सुरु भयो ।

जनार्दन शर्माले ऊर्जा मन्त्री र कुलमान घिसिङले प्राधिकरण्को नेतृत्व सम्हालेपछि समस्यामा अल्भिmएको आयोजनालाई तीव्रता दिन सहजीकरण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं निर्माणस्थलमा पुगेर समयमै काम सक्ने निर्देशन दिएका थिए ।


उद्घाटन समाहोहमा घिसिङले चमेलिया जलविद्युत आयोजनाले उत्पादन थालेसँगै ग्राहकलाई गुणस्तरीय विद्युत उपलब्ध गराउन सहज हुने बताए ।

उनले विद्युतको प्रणाली सञ्चालनका लागि समेत यसले मद्दत पुर्‍याउने बताएका छन् । यस आयोजनाको निर्माणले यस क्षेत्रमा भौतिक पूर्वाधारको पहुँचमा विस्तारका साथै हाल निर्माणाधिन र भविष्यमा निर्माण हुने अन्य धेरै आयोजनाहरुको निर्माणको ढोका खोलेको उनको भनाइ छ ।

आयोजना बढी लागत र कार्यान्वयनमा ढिलाई भएका कारण आलोचित समेत बन्न पुगेको थियो ।

घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि यो आयोजना अघि बढाउन प्रयास थालेका थिए । आयोजनाको हालसम्मको लागत करिव १५ अर्ब अनुमान गरिएको छ ।

यस मध्ये विद्युत गृह तर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिव ७ अर्ब ८४ करोड एवं परामर्श सेवा तर्फ करिव ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ ।
त्यस्तै १३१ किमि लम्बाईको बलाँच-अत्तरिया प्रशारण लाइन निर्माणमा २ अर्ब ५४ करोड खर्च भएको छ ।

त्यस्तै १३२र३३ केभी तथा ३३र११ केभी सवस्टेशन निर्माण र ३३र११ केभी प्रशारण लाईन निर्माणम. १९ करोड ४८ लाख खर्च भएको छ ।

सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी करिव रु. ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको छ ।