विश्व क्रिकेट लिग डिभिजन टूः नेपाल आज ओमानसँग भिड्दै

विश्व क्रिकेट लिग डिभिजन टूः नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान भने क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।  उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको थियो । क्यानडाले १६ अौं अोभरमै जित दर्ता गरेको थियो ।

प्रतियोगिताको अंक तालिकामा अोमान पुछारमा रहेको छ । नेपाल भने रनरेटका अाधारमा तेस्रो स्थानमा छ । शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ ।