नामिबिया र नेपालको खेल वर्षाका कारण अवरुद्धः जीतका लागि नेपाललाई २८ रन आवश्यक

नामिबिया र नेपालको खेल वर्षाका कारण अवरुद्धः जीतका लागि नेपाललाई २८ रन आवश्यक

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ । नामिबियाले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ‌ओभरमा १११ रन बनाएको छ । ८ विकेट गुमाएको नेपाललाई जितका लागि ४२ बलमा २८ रन आवश्यक छ । नेपालसंग अब २ विकेट बाँकी छ । ११ रन बनाउदै सोमपाल कामी र ३ रनका साथ बसन्त रेग्मी क्रिजमा छन् ।

४३ ओभरको समाप्तिपछि नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा पानी पर्न थालेपछि नेपाल थप समस्यामा परेको हो। ४३ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाएर १११ रन बनाएको थियो। यही अवस्थामा खेल नभएर डिएल नियम अनुसार परिणाम घोषणा हुने हो भने खेल नामिबियाको पक्षमा जानेछ।