काठमाडौं २५ माघ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि माघ २६ गते शुक्रबार बस्ने भएको छ । बैठक शुक्रवार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्य रूपमा प्रदेश संसदीय दलको गठन र सन्चालन सम्बन्धि विधानको मस्यौदामाथी निर्णय र थप सन्दर्भमा अत्यावश्यक छलफल हुने बताइएको छ ।