काठमाडौ, २७ साउन । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुभएको छ ।
विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुग्नुभएको थियो । थाइ एयरवेजको बिमानबाट आज दिउसो साढे १२ बजे उहाँ स्वदेश फर्किनुभएको हो । विमानस्थलमा यसअघि झैं उहाँको सलामीको कार्यक्रम राखिएको थिएन भने नियमित पत्रकार सम्मेलन पनि राखिएको थिएन। शुक्रबार नै स्वदेश फर्किने भनिए पनि स्वास्थ्य परीक्षणको काम नसकिएपछि ओली ३ दिन ढिला फर्किनु भएको हो ।
साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन त्यसतर्फ जानुभएको थियो । प्रधानमन्त्री ओलीसँगै सिंगापुर भ्रमणमा रहेका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सक डा. दिव्यसिंह शाह पनि स्वदेश फर्किनुभएको छ ।