दुई नं. प्रदेशमा नेपाली कांग्रेसले संसदीयदलको नेतामा रामसरोज यादवलाई चयन गरेका गरेका छन्। कांग्रेसले यादवलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो। दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् । प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ ।