स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

आज काठमाडौंमा आयोजित प्रतिष्ठानको प्रथम बैठकलाई सम्बोधन गर्दै उहाले प्रतिष्ठानका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि सरकार तयार रहेको स्पष्ट पार्नुभयो । प्रतिष्ठानका कूलपति समेत रहनु भएका प्रधानमन्त्री देउवाले सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको दावी पनि गर्नु भयो । बैठकले चालू आर्थिक वर्षका लागि ७८ करोड बजेट पारित गरेको छ ।