

एजेन्सी । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ ।
रकेट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताईएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सरकारी अधिकारीले सुरुमा नियोन्स्कामा रहेको परमाणु केन्द्रमा भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए ।
बिस्फोट भएका बेला रेकट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको थियो । रुसी नौसेनाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको नियोन्स्कामा बिस्फोट भएको हो ।