राष्ट्रिय सभाका लागि कांग्रेसले खटायो प्रतिनिधि र प्रशिक्षक, को कहाँ ?

राष्ट्रिय सभाका लागि कांग्रेसले खटायो प्रतिनिधि र प्रशिक्षक, को कहाँ ?

काठमाडौँ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि र प्रशिक्षक खटाएको छ ।

मतदातालाई प्रभावकारी ढंगले मत राख्न सिकाउनका लागि प्रशिक्षक र समग्र प्रदेशमा व्यवस्था मिलाउनका लागि केन्द्रीय प्रतिनिधि पार्टीले खटाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सातै प्रदेशमा प्रशिक्षक र प्रतिनिधि खटाएको बताए ।

को कहाँ खटिए ? 

प्रदेश     प्रशिक्षक         केन्द्रीय प्रतिनिधि 
१        डीला संग्रौला      डा मिनेन्द्र रिजाल
२        नगिना यादव      विमलेन्द्र निधि
३        डीना उपाध्याय    डीना उपाध्याय
४       जीवन परियार      गोपालमान श्रेष्ठ
५       अतर कमाल       बालकृष्ण खाँण
६    जीवनबहादुर शाही  हृदयराम थानी
७    एनपी साउद          एनपी साउद