टेक्सासको सपिङ मलमा गोली चल्दा २० जनाको मृत्यु

टेक्सासको सपिङ मलमा गोली चल्दा २० जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सासस्थित एक सपिङ मलमा गोली चल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ ।अमेरिकी समाचार संस्था सिएनएनका अनुसार टेक्सासस्थित एल पासो सपिङ सेन्टरमा गोली चलेको हो । गोली प्रहारबाट २६ जना घाइते भएका छन् ।

गोली चलाउने २१ वर्षीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी मिडियाहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका बताएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिक क्रुसियस पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी डालास क्षेत्रका बासिन्दा रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन्।