पूर्वराजा शाह दुई साताव्यापी भारत भ्रमणमा जादैँ (के छ याेजना ? )

पूर्वराजा शाह दुई साताव्यापी भारत भ्रमणमा जादैँ (के छ याेजना ? )

पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साताको धार्मिक र सदभाव यात्रामा सोमबार भारतको उडिसा राज्यमा जाने भएका छन्।

उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ अौँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिका रुपमा पूर्वराजा शाहलाई आमन्त्रण गरिएको हो। प्राप्त सूचनाअनुसार पूर्वराजाद्वारा गौशाला उद्घाटन, उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर अादिमा पूजा गर्ने कार्यक्रम छ।

आयोजक संस्थाका अनुसार पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने पनि कार्यक्रम छ।

पूर्वराजा शाह एयर इन्डियाको विमानद्वारा सोमबार अपराह्न कोलकाता हुँदै भुवनेश्वर प्रस्थान गर्न लागेका हुन्।