एनआरएन अमेरिकाद्वारा ‘युथ लिडरशिप स्कलरसिप अवार्ड’ को स्थापना

एनआरएन अमेरिकाद्वारा ‘युथ लिडरशिप स्कलरसिप अवार्ड’ को स्थापना

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रबृती कार्यक्रम घोषणा गरेको छ ।

नेपाली अमेरिकन समुदायका युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउनुका साथै सो का लागी प्रोत्साहन गर्ने लक्ष्य र उद्देश्यका साथ स्थापना गरिएको सो छात्रबृति आगामी फरवरी महिनाको १ तारिखदेखि बिधिबत रूपमा सञ्चालनमा आउने जानकारी एनआरएन अमेरिकाले दिएको हो ।

‘युथ लिडरशिप स्कलरशिप अवार्ड २०१८ ‘नाम दिइएको सो छात्रबृति स्नातक तहमा अध्ययनरत चार जना नेपाली विद्यार्थीलाई जनहि १ हजार अमेरिकी डलर प्रदान गरिने एनआरएन अमेरिकाका युवा संयोजक तथा छात्रबृति परियोजनाका प्रमुख स्वराज खातीले बताउनु भयो ।

अमेरिकाका चार भौगोलिक क्षेत्रबाट समाजमा नेतृत्वदायी भूमिका खेलेका जेहेन्दार चार जना विद्यार्थीलाई प्रत्येक वर्ष यो छात्रबृति प्रदान गरिनेछ संयोजक खातीले भन्नुभयो ।

नयाँ पुस्तालाई नेपाली अमेरिकन समुदायका गतिविधिमा संलग्न गराउनका लागी यो छात्रबृतिले एक अहम् भूमिका खेल्न सक्ने विश्वास एनआरएन अमेरिकाले लिएको छ ।