काठमाडौं, ८ साउन । राष्ट्र बैकका अनुसार सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । साढे आठ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य प्राप्तिमा टेवा पुग्ने उद्देश्यसहित सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको हो ।
बढ्दो शोधानान्तर र व्यापार घाटाले मुलुकको बाह्य क्षेत्र कमजोर बनेको, ब्याजदरको उतारचढावले वित्तिय क्षेत्र अस्थिर बन्दै गएको र मूल्यबृद्धि बढ्दो क्रममा रहेको लगायत चुनौतिकाबीच राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो ।