‘नाई नभन्नु ल’ बाट डेब्यु गरेकी नायिका ऋचा सिंह ठकुरीले बिहेपछि अभिनय गरेको पहिलो चलचित्र हो ‘सुपर गोर्खे’ । यो चलचित्र तयार भएको लामो समय भइसक्यो । तर पनि प्रर्दशनमा आउन सकेको थिएन । अब भने यो चलचित्र प्रर्दशनमा आउने पक्का पक्की भएको छ ।
‘सुपर गोर्खे’ साउन १० गतेदेखि आउने पक्का भएको छ । राज थापाको निर्देशनमा तयार भएको चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।
‘सुपर गोर्खे’ मा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । सौरभ लामाले छायांकन गरेको चलचित्रलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् ।