काठमाडौंमा सूर्योदय ६ बजेर ५२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १३ पला ।
मेष: अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा कलेज तथा शेयर बजारमा गरिने लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तहरुले तपाईले सुरु गरेको काममा सहयोग गर्ने हुनाले मन प्रशन्न हुनेछ ।
शुभ अंक — १,५ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम
बृष: आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ भने तपाई आफ्नै कारणले व्याबहार बिग्रनेछ । आफन्त तथा साथिभाईसँग टाडिएर देश बिदेशको यात्रा गर्नुपर्ने योग रहेकोछ । खानपानमा अलमलिदा वा काम बिनाको भेटघाटले आफ्नो काम थाति रहनेछ । अध्ययनमा मन नजादा पढाई लेखाई बिचमै रोकिन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सरस्वत्यै नम
मिथुन: बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो काय सिद्धि मन्त्र — ॐ महालक्ष्म्यै नम
कर्कट: बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।
शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं: समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ ।
शुभ अंक — ५,९ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या: अध्ययनमा बिद्यार्थि वर्गहरुले अल्छि गर्नाले चाहेजस्तो सफलता प्राप्त नहुँन सक्छ । व्यापारमा समय लगानि गर्नेहरुका लागि बिदेशमा उत्पादन भएका सामानहरुबाट प्रशस्त आम्दानि हुनेछ भने स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउँनेछ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ । यात्राका निम्ति चाहिने कागजातहरु बनाउँन सकिनेछ भने कामको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला:सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।
शुभ अंक — ३,७ शुभ दिशा — उत्तर
शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय
बृश्चिक:प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु: राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्य काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर: समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
शुभ अंक — १,४ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम
कुम्भ:पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
शुभ अंक — २,७ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम
मीन: पठन पाठनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ । व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ ।
शुभ अंक — ४,६ शुभ दिशा —पश्चिम
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम