कसरी चल्छ प्रदेशसभाको पहिलो बैठक (हेर्नुहोस् प्रक्रिया यस्तो छ)

कसरी चल्छ प्रदेशसभाको पहिलो बैठक (हेर्नुहोस् प्रक्रिया यस्तो छ)

काठमाडौं । अहिले सातै प्रदेशमा धमाधम पहिलो बैठक सुरु हुन थालेको छ। सबैभन्दा पहिले ३ नम्बर प्रदेशसभाको बैठक बिहीबार अस्थायी राजधानी हेटौडामा सम्पन्न भएको छ। अरु प्रदेशको बैठकका लागि पनि तयारी भइरहेको छ।

नेपालमा संसदीय व्यवस्था पुरानो भए पनि संघात्मक ढाँचाको संसदको अभ्यास भने पहिलोपटक हुँदै छ। संविधान अनुसार संघीय संसद, एक प्रदेशसभा र अर्को प्रदेशसभा स्वतन्त्र छन्। तर, पनि बैठक सञ्चालन भने एउटै शैली र कार्यविधिबाट हुने भएको छ।

प्रदेशसभा बैठकको सञ्चालनको सम्पूर्ण तयारी गर्ने जिम्मा सरकारको भए पनि अन्तिम समयमा संघीय संसद सचिवालयलाई सहयोगका लागि आग्रह गरेको थियो। सरकारको आग्रहपछि संसद सचिवालयले मंगलबार सातवटै प्रदेशसभाको बैठक सञ्चालनका लागि सहसचिवको नेतृत्वमा चारजना कर्मचारी खटाएको छ।

कर्मचारीसँगै सचिवालयले सातवटै प्रदेशमा बैठक सञ्चालनको तरिका, कार्यसूची, अन्तरिक कार्यविधि, दिग्ददर्शन एउटै हुने गरी पठाएको संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।

प्रदेशसभा स्वतन्त्र भएकाले मौलिकताअनुसार बैठक सञ्चालन गर्न पाउने भए पनि पहिलोपटक भएकाले सातवटै प्रदेशमा एउटै ढाँचामा बैठक बस्ने भएको छ ।

प्रदेशसभाको पहिलो सञ्चालनको प्रक्रिया यस्तो छ:

… नं. प्रदेशसभा 
२०७४/ /
(पहिलो बैठक)

१. मा० सदस्यहरु, यस …. नं. प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ हुन्छ।

२. मा० सदस्यहरु, माननीय प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आव्हान सम्बन्धी पत्र प्राप्त हुन आएको छ, सो पत्रको व्यहोरा म पढेर सुनाउँछु।

नेपालको संविधान, २०७२ को धारा १८३ बमोजिम सम्वत् २०७४ साल माघ … गते …वारका दिन १६ः०० बजे ………स्थानमा … नं. प्रदेशसभाको पहिलों अधिवेशन आव्हान गरेको छु।

………………….

मिति – २०७४/ /

प्रदेश प्रमुख
(पत्र पढेर सुनाइसकेपछि)

४. सर्वप्रथम लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न १ मिनेट उठेर मौन धारण गरौं।

(मौन धारण गरिसकेपछि )

५. नेपाल संघीय व्यवस्थामा प्रवेशगरेपछि कायम भएको यस … नं. प्रदेशसभाको यो पहिलो अधिवेशनको प्रथम बैठकमा पाल्नुभएका सबै दलका मा० सदस्यहरुलाई हार्दिक स्वागत गर्दछु।

(स्वागत गरिसकेपछि)
 

६. अब यस सभाको पहिलो अधिवेशनको अवसरमा प्रदेश सभाले प्रदेशको समग्र हित के कसरी हुन्छ र प्रदेश सभा सञ्चालन के कसरी गर्दा प्रभावकारी हुन्छ जस्ता विषयहरुमा आफना् भनाई राख्न समय दिन्छु । अव म मा० श्री …… … लाई बोल्न समय दिन्छु।

(प्रतिनिधित्व गर्ने सवै दलका प्रतिनिधिलाई बोल्न दिइसकेपछि)

७. माननीय सदस्यहरु, प्रदेशसभाका बैठकहरु सञ्चालन गर्न, बैठकमा सुव्यवस्था कायम गर्न, आवश्यक समितिहरु गठन गर्न र अन्य काम कारवाहीहरु नियमित एवं प्रभावकारी वनाउन प्रदेश सभा नियमावली बनाउनु आवश्यक हुन्छ । तर सभाले प्रदेश सभा नियमावली नवनाएसम्मको लागि सभाका बैठकहरु संचालन गर्न प्रदेश सभाको कार्य सञ्चालन गर्न यस सभामा प्रतिनिधित्व भएका दलका प्रतिनिधिहरुको छलफलबाट …बुंदे यो कार्यविधि तयार गरिएको हो । तसर्थ अहिले तत्कालको लागि यो कार्यविधि पारित गरिदिनु हुन म सवैमा हार्दिक अनुरोध गर्दछु ।

अव प्रदेश सभा बैठकको अन्तरिम कार्यविधि २०७४ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु ।

यो प्रस्तावको पक्षमा हुने मा० सदस्यहरुले “हुन्छ” भन्नुहोस्।

(हुन्छ भनिसकेपछि)
यो प्रस्तावको विपक्षमा हुने मा० सदस्यहरुले “हुन्न” भन्नुहोस्।

(हुन्न भनिसकेपछि)

८.“हुन्न” भन्ने आवाज सुनिएन, तसर्थ … नं. प्रदेशसभा बैठकको अन्तरिम कार्यविधि पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
९. “हुन्छ” भन्ने पक्षका मा० सदस्यहरुको बहुमत भएकोले … नं. प्रदेशसभा बैठकको अन्तरिम कार्यविधि पारित गरियोस्” भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।

१०. मा० सदस्यहरु अव म प्रदेश सभा बैठकको कार्य संचालन कार्यविधि को दफा ५ को उपदफा ३ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक संचालन गर्न निम्नलिखित ३ जना मा० सदस्यहरु मनोनयन गरेको छु। उक्त मनोनयनलाई सहमति जनाइदिनु हुन अनुरोध गर्दछु ।

१) मा० श्री
२) मा० श्री
३) मा० श्री

(सभाले अनुमोदन गरिसकेपछि)

११. मा० सदस्यहरु, उक्त मनोनयनलाई सभाले सहमति जनाएको घोषणा गर्दछु।

१२. मा० सदस्यहरु, प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ को दफा (६) को उपदफा (१) बमोजिम प्रदेशसभाको सभामुखको निर्वाचनको लागि दिन यही २०७४ गते … वार विहान ११ः०० बजेको समय तोकेको छु। साथै उक्त कार्यविधि बमोजिम प्रदेशसभाका सचिव 
श्री … लाई प्रदेशसभाको सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिन्छु।

(जानकारी गराईसकेपछि)
१३. अआ यो बैठक २०७४ साल माघ ….. गते …….वार दिनको .. :०० बजेसम्मको लागि स्थगित हुन्छ।