स्थानीय, प्रदेश र केन्द्रका पदाधिकारीकोे मर्यादाक्रम टुंगियो (हेर्नुहोस् को पछि को ?)

स्थानीय, प्रदेश र केन्द्रका पदाधिकारीकोे मर्यादाक्रम टुंगियो (हेर्नुहोस् को पछि को ?)

काठमाडौं, माघ १९ । गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंगाे लगाएको छ ।

गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो।

जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा  उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा  स्थानमा सभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था गरिएको छ।

यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधि सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधि सभाका उपसभामुख र पूर्वसभामुख सातौ स्थानमा रहने छन्। याे खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छाै‌।

नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख-उपप्रमुख, नगरपालिकाका प्रमुख-उपप्रमुख, तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो । मर्यादाक्रमको सूची १ देखि ३४ नम्बरसम्म छ ।